‘स्वस्थ रहनको लागि दौड’भन्ने नाराको साथ चौंथो स्वयंभू रन प्रतियोगिता सम्पन्न


काठमाडौं , स्वयंभु एथलेटिक्स ट्रेनिङ्ग सेन्टर क्लबले चौंथो स्वयंभू रन एथलेटिक्स प्रतियोगिताको आयोजना सम्पन्न गरेको छ ।‘स्वस्थ रहनको लागि दौड’भन्ने नारा दिइएको प्रतियोगिता शनिवार काठमाडौंको स्वयंभू स्थित भुईखेलमा आयोजना गरेको थियो । ५ किलोमिटर दुरीको खुल्ला दौड प्रतियोगितामा महिला र पुरुष गरी करिव ३ सय प्रतियोगिहरुले सहभागीता भएको क्लबका अध्यक्ष तथा प्रशिक्षक रमेश सुनारले बताए ।
उक्त खुल्ला दौड प्रतियोगितामा पुरुष खुल्ला पुरुषतर्फको ५ किलोमिटर दौडमा प्रविणकुमार बोहोरा प्रथम भएका छन् । बोहोराले निर्धारित दुरी १८ मिनेट ४२ सेकेन्डमा पार गर्दै प्रथम भएका हुन् । यसैगरी विकास घिमिरे दोस्रो तथा धर्म महर्जनले तेस्रो स्थान हासिल गरेका थिए ।
यसैगरी प्रतियोगितामा महिला खुल्ला दौड तर्फ बन्दना राई प्रथम, दीपशिखा राई दोस्रो र शोभा लामाले तेस्रो स्थान हासिल गरेकि छिन् । यस्तै महिलाकै १८ वर्ष मुनि समुहमा सोनु घतानी, अन्जु खड्का र सरिता रम्तेल क्रमश पहिलो, दोस्रो र तेस्रो भएका छन् । पुरुष १८ वर्ष मुनिको समुहमा उदय लिम्बु प्रथम, विश्वराम कुवँर दोस्रो र नारायण खड्का तेस्रो भएका छन् ।
यसैगरी १३ वर्ष मुनिको समुहमा छात्र तर्फ सचिन तामाङ्ग, राजु सुनुवार, सुदेश गुरुङ्ग तथा छात्रा तर्फ एञ्जिला मोक्तान, दक्षिणा भुजेल र खुशी तामाङ्ग क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भए । यसैगरी प्रतियोगिताको सुपर भेट्रान्स इभेन्ट तर्फ रामकृष्ण महर्जन प्रथम, पुष्पलाल श्रेष्ठ दोसो र किर्तिमानी धावक बैकुण्ठ मानन्धर तेस्रो भए । यस्तै ५० वर्ष माथिको पुरुष भेट्रान्समा दीपक कुमार रञ्जित, विरेन्द्र राज बज्राचार्य र सुरेन्द्र कुमार राई क्रमश पहिलो, दोस्रो र तेस्रो भए । महिलाको ४० वर्ष माथिको समुहमा राधा श्रेष्ठ प्रथम शुष्मा पाण्डे दोस्रो र वसन्ती चौधरी तेस्रो हुन सफल भए ।
प्रतियोगितामा उत्कृष्ठ स्थान हासिल गरेका खेलाडिहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, किर्तिमानी धावक वैकुण्ठ मानन्धर, राखेप सदस्य इन्दिरा निरौला लगायतका अतिथिहरुले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए कार्यक्रममा उपस्थित अतिथिहरुलाई क्लबका अध्यक्ष रमेश सुनार तथा महासचिव शैलेन्द्रमान श्रेष्ठले मायाको चिनो प्रदन गर्नुभयो । कार्यक्रममा मोर्डन पेन्टाथोलनका खेलाडिहरुले खेल प्रदर्शन गरेका थिए । यस्तै इन्टरनेशनल पिस एकेडेमीका विद्यार्थीहरुले सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

स्वयंभु एथलेटिक्स ट्रेनिङ्ग सेन्टर क्लब मिति २०७६ साल भाद्र ६ गते देखि औपचारिक रुपमा स्थापना भई स्वयंभु क्षेत्रमा एथलेटिक्स खेल र अन्य विभिन्न खेलकुद गतिविधिहरु सञ्चालन गर्दै आइरहेको क्लबका उपाध्यक्ष श्रीकृष्णा महर्जनले जानकारी दिए । यसअघि पनि क्लबले तेस्रो संस्करणका प्रतियोगिता समपन्न गरिसकेको थियो । नेपाली खेलकुद क्षेत्र र विशेषत एथलेटिक्स खेलको विकास विस्तारका लागि विभिन्न कार्यक्रम गर्ने मुल उद्देश्य बोकेर क्लबले आफ्ना प्रशिक्षण तथा खेल कार्यक्रमका गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ । र कोरोनाको जोखिम लाइ मध्यनाजर गरी सामाजिक दुरी कायम गर्दै स्वस्थ रहनको लागि दौड’भन्ने नारा लिई सफलता पुर्वक कार्यक्रम सम्पन्न गरेको जानकारी क्लबका प्रशिक्षक तथा माहासचिव शैलेन्द्र मान श्रेष्ठले क्या रमाईलो डट कम लाई जानकारी दिए ।
Share on Google Plus

About Chitra Khabar

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment