कबिता र सुधिर श्रेष्ठ अभिनित "रामपियारी भर्सेस रामपियारा" सार्वजनिक /फरक फ्लेबरमा गीत दर्शक माझ

नायिका तथा मोडल कबिता राए अभिनित नयाँ म्युजिक भिडियो "रामपियारी भर्सेश रामपियारा" सार्वजनिक भएको छ ।  


जीवन बडू र आकृती मिश्राको आवाज रहेको फास्ट फ्लेबरको यस गीतमा कबिता राय संगै  मोडल सुधिर श्रेष्ठलाई पनि फिचर्ड गरिएको छ , यस गीतको भिडियोमा गायक जीवन बडुको पनि अभिनय देखन सकिन्छ।  र्यापर जगत तिरुवाको शब्द , संगीतमा तयार भएको यस गीतको भिडियो हालको ट्रेन्ड अनुशार निर्माण गरिएको छ । दर्जनौ म्युजिक भिडियो र थुप्रै चलचित्रमा समेत काम गरिसकेकी नायिका तथा मोडल कबिता राएले  यस गीतबाट राम्रै आश गरिएको बताएकी छिन । 

केहि दिनअघि मात्र नायक तथा मोडल पल शाह संग पनि भिडियोमा काम गरिसकेकी रायले पल र सुधिर दुवै संग काम गर्दा भिडियोमा आफुलाई धेरै सजिलो भएको बताईंन ।  हालै सार्वजनिक भएको यस गीतमा पनि उनलाई डान्सको राम्रै ठुम्काको साथमा हेर्न पाईन्छ।  डान्स र एक्स्प्रेसनको राम्रै तारिफ पाउने गरेको सुधिरले पनि कविता संग काम गर्दा निकै सहज भएको र अहिले भिडियो रिलिज हुँदा झन् मन आनन्द भएको बताए ।  कबिता जीको अभिनय प्रतिको इनर्जी देख्दा मलाई नै अचम्म  लागेर आउछ " सुधीरले भने  । 

डी सिरिज युटुब च्यानल मार्फत सार्वजनिक भएको यस गीतले दर्शकको राम्रै साथ् पाउनेमा नायिका तथा मोडल कबिता राए ढुक्क रहेकी छिन। 

निर्देशक बिशाल कुमार महराको निर्देशनमा तयार भएको यस गीतमा गोदावरीको रमणीय झलकहरु देख्न पाईन्छ । पदम सुबेदीको सम्पादन रहेको यस भिडियोमा कलर भने मिलन बिस्वकर्माले गरेकाछन् । 

Share on Google Plus

About Chitra Khabar

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment