सुरु भयो अभिनेता सलोन बस्नेतको ‘हेल्लो ब्रो’ / लेखक तथा निर्देशन सुरेश न्यौपानेको

काठमाडौंँ । फिल्म अभिनेता सालोन बस्नेतले ‘हेल्लो ब्रो’ नामक सिरियल निर्माण गरेका छन् ।

सिरियल बिहिबारदेखि बिएम टिभीबाट प्रसारण समेत सुरु भएको सिरियलका लेखक तथा निर्देशक सुरेश न्यौपाने हुन् ।

सलोन-सालीना फिल्मस्को ब्यानरमा बिएम टिभीको प्रस्तुति रहेको सिरियलमा प्रभात पल ठकुरी, सुमिन गुरुङ, एलिस्टा सुवेदी, सृष्टि तिमिल्सिना, मनिषा ओझा, ओजस्वी थापा सन्तोष गिरी लगायतको अभिनय छ ।

युवाहरुको समसामाहिक कथामा निर्माण भएको सिरियलमा सुरेश न्यौपानेको कथा, प्रशान्त शिवाकोटीको संगीत, शंकर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन तथा बन्दे प्रसादको सम्पादन रहेको छ ।


Share on Google Plus

About Chitra Khabar

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment